News Portal

काठमाडौंको नयाँबजारमा विष्फाेट, ११ जना घाइते

रातोपोस्ट संवाददाता
३९६ पटक

काठमाडाैँ,२९ असाेज ।  काठमाडौंको नयाँबजारमा आज  बिहान  भएको ग्यास विस्फोटमा परी ११ जना घाइते भएका छन् । नयाँबजार स्थित  स्थानीय निल कुमारी क्षेत्रीको चारतले घरमा  ग्यास  बिस्फोट भएको थियो ।

ग्यास विस्फोटमा परी घाइते भएका ११ जनाको अहिले मनमोहन र पिपल्स  अस्पतालमा उपचार जारी रहेको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएकाे छ । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा त्यो घर क्षतविक्षत बनेको र आसपासका पनी ८, ९ वटा घरमा क्षति पुगेको छ ।

ग्यास के कारणले विस्फोट भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्