News Portal

वीरगन्जबाट २२ किलाे भन्दा बढी सुन बरामद

रातोपोस्ट संवाददाता
७२१ पटक

विरगन्ज,०१ कात्तिक। पर्साको वीरगन्ज महानगरपालिका  वडा नम्बर ५  मा रहेकाे एक अपार्टमेन्टबाट प्रहरीले  २२  किलो भन्दा बढी सुन र २ किलोभन्दा बढी चाँदी बरामद गरेकाे छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा  २२ किलो ५ सय ७६ ग्रामबराबरको सुनका तीनवटा बिस्कुट, ६ सय ८१ ग्राम बराबरको सुनका विभिन्न गरगहना र २ किलो २ सय ६२ ग्राम बराबरको चाँदीका विभिन्न भाँडावर्तन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले  जानकारी दिएकाे छ।

उक्त सुन कसको हो र कहाँ लगिँदै थियो भन्नेबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएकाे छ।

प्रतिकृया दिनुहोस्