News Portal

थप  ३ हजार ७९० जनामा  कोरोना संक्रमण पुष्टि, १८ जनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
४५४ पटक

काठमाडाैँ, ३ कात्तिक । पछिल्लाे २४ घण्टामा  नेपालमा थप  ३ हजार ७९० जनामा  कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकाे छ भने १८ जनाकाे मृत्यु भएकाे छ। याे सँगै नेपालमा संक्रमितकाे संख्या १ लाख ३६ हजार ३६ पुगेको छ भने मृतककाे संख्या  ७५७ पुगेकाे  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै आज साेमबार  २३ सय ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएको र याे सँगै काेराेना जित्नेहरूकाे कुल संख्या ९४ हजार ५०१ पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या  ४० हजार ७७८ पुगेकाे छ। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन्, भने २६ हजार ९२७ होम आइसोलेसनमा छन्।  क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन्।

प्रतिकृया दिनुहोस्