News Portal

नगर प्रमुख आचार्यकाे उपचार सिलगुडीको किङ्स अस्पतालमा हुँदै

रातोपोस्ट संवाददाता
४९२ पटक

झापा, १२ कात्तिक । झापाको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलाई थप उपचारका लागि मंगलबार सिलगुडी लगिएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी दुई सातादेखि विराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराइरहेका थिए । मधुमेहका बिरामी समेत रहेका आचार्यको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि भारतको सिलिगुडी लगिएको छ ।

नगर प्रमुख आचार्यका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थप उपचारका लागि उनलाई भारतको सिलगुडी लगिएको जानकारी दिएका हुन् । आचार्यलाई सिलगुडीको किङ्स अस्पतालमा भर्ना गरिएको प्रेस सल्लाहकार उप्रेतीले बताए ।

उप्रेतीले आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । मंगलबार साँझ विराटनगरबाट काँकरभिट्टा ल्याइएका आचार्यलाई एम्बुलेन्स चढाएर सिलिगुडी लगिएको हो । आचार्यको डा.शेखर चक्रवर्तीको समुहले उपचार गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्