News Portal

कोरोनाबाट वडाध्यक्षको मृत्यु

रातोपोस्ट संवाददाता
५९० पटक

कैलाली, २१ कार्तिक । कैलालीमा कोरोना संक्रमणबाट एक जना स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका- ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाह रहेका छन् ।

उनको सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

६३ वर्षीय शाहको शुक्रबार विहान ६ बजेर २५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पताल अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठ जनकारी दिएका छन ।

शाह विगत १० दिनदेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए।

प्रतिकृया दिनुहोस्