News Portal

मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा झकबहादुर मल्ल (सुदिप) नियुक्त

रातोपोस्ट संवाददाता
१४९८ पटक

सुर्खेत, १२मंसिर । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीको समन्वय बिज्ञका रुपमा वीरेन्द्रनगर नगरपालिका ( साविक लाटीकोईली– ९ सुर्खेत)का झकबहादुर मल्ल (सुदिप) लाई नियुक्त गरेको छ ।

प्रदेश सरकारको बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले मल्ललाई मुख्यमन्त्रीको समन्वय बिज्ञका रुपमा नियुक्ति गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

त्यसैगरी बैठकले नीति तथा योजना आयोगको उपाध्यक्षमा नारायण नगरपालिका–८ दैलेख निवासी सर्वराज खड्कालाई नियुक्त गरेको छ । खड्कालाई उपाध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता केसीले जानकारी दिइन् ।

यसअघि दैलेखकै प्राडा पुण्यप्रसाद रेग्मीलाई विसं २०७५ मङ्सिर ३ गतेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । तीन महिनाअघि उपाध्यक्ष प्राडा रेग्मीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

प्रतिकृया दिनुहोस्