News Portal

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

रातोपोस्ट संवाददाता
१०६५ पटक

काठमाडौं,  १४ मंसिर । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आज नेपाल आउँदै छन् । स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हे एक दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

एकदिने भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउनु एक दिन अघि मात्रै मन्त्रालयले औपचारिक जानकारी गराएको हो।

भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री फेङ्हेले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्ने कार्यक्रम छ। फेङ्हे आइतबार नै स्वदेश फर्किनेछन्।

प्रतिकृया दिनुहोस्