News Portal

अर्काको नाममा परीक्षा दिने पक्राउ

रातोपोस्ट संवाददाता
५८१ पटक

सुर्खेत, २१ मङ्सिर। प्रहरीले अर्काकाे नाममा परीक्षा दिने एकजनालाई पक्राउ गरेकाे छ। वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोक सेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २२ वर्षीय राम शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्