News Portal

गुडिरहेको बसमा आगलागी

रातोपोस्ट संवाददाता
६४१ पटक

तुलसीपुर, २९ । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आज बिहान आगलागी भएको छ।

बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए।

बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ। गाडीमा १६ जना यात्रु भएको प्रहरीले बताएको छ। चालकले आगलागी भएको थाहा पाउने वितिक्कै बस रोकेर यात्रुलाई झारेका थिए। जसले गर्दा मानवीय क्षतिबाट जोगिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

0ur team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
सम्पर्क नम्बर (९८५२६२१३००)

Copyright © 2016-2024 RatoPost | Powered By EasySoftnepal