News Portal

दलित आयोगमा सिफारिस रम्तेलद्वारा पद अस्वीकार

रातोपोस्ट संवाददाता
५६७ पटक

काठमाडौं, ६ पुस । संवैधानिक परिषद्‍को बैठकले दलित आयोगको सदस्यमा सिफारिस गरेका पर्शुराम रम्तेलले उक्त नियुक्ति अस्वीकार गरेका छन्। नेपाल लाइभसँग संक्षिप्त कुराकानी गर्दै उनले उक्त नियुक्ति अस्वीकार गरेको जानकारी दिएका छन्।

‘मेरो सहमति बिना आयोगमा सिफारिस गरिएको छ। यसका साथै हालको राजनीतिक परिस्थितिमा नियुक्ति स्वीकार गर्नु उपयुक्त नहुने लागेकाले अस्वीकार गरेको हुँ,’ उनले भने ।

मंगलबार परिषद्‍को बैठकले रम्तेलसहित १० आयोगमा पदाधिकारी सिफारिस गरेको थियो। फेसबुकमा पनि उनले सो पद अस्वीकार गरेको उल्लेख गरेका छन्।

No photo description available.

प्रतिकृया दिनुहोस्