News Portal

नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते

रातोपोस्ट संवाददाता
८४७ पटक

काठमाडौं, फागुन २९ : नेकपा एमाले खनाल-नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यहरुकाे उपस्थितिमा शनिबार नयाँ बानेश्वरमा बसेको बैठकले भेलामा सहभागी हुन सबै नेताकार्यकर्तालाई आग्रह गरेको छ।

बैठकले भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखका साथै पार्टी कमिटीका पदाधिकारीलाई उपस्थितिका लागि निर्देशन दिएको छ। भेलामा जनसंगठन, वर्गीय संगठन र पेसागत संगठनका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका अध्यक्ष, केन्द्रीय विभागका सदस्यहरुको पनि उपस्थिति रहने जनाइएको छ।

अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा एकपक्षीय ढंगले निर्णय गरी केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई जानकारी नै जिम्मेवारीबाट नदिई हटाउनु एमालेको विधान, नियमावली र कार्यशैलीविपरीत भएको निष्कर्ष पनि बैठकले निकालेको छ। बहुमत सदस्यसमेत उपस्थित नभएकाले बैठक नै अवैध भएको खनाल-नेपाल समूहका एक नेताले दाबी गरे। उनले केन्द्रीय सदस्यमा थप सदस्य मनोनीत गर्ने अधिकार विधानमै नभएको स्पष्ट पारे।

प्रतिकृया दिनुहोस्