News Portal

काँकरभिट्टा सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

रातोपोस्ट संवाददाता
७२७ पटक

मेचीनगर, २९ फागुन । झापाकाे मेचीनगर‐६  स्थित काँकरभिट्टामा रहेको काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

पूर्व मेची बस व्यवसायी प्रा.लि. काँकरभिट्टाको सभा कक्षमा भएको सभाको उद्घाटन प्रदेश सांसद श्रीप्रसाद मैनालीले गरेका थिए । सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि मैनाली, विशिष्ट अतिथि कर्मसियल एग्रिकल्चर एलायन्सका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद सापकोटा, अतिथि काँकरभिट्टा साकोसका सल्लाहकार डिल्लीराम घिमिरे, महेन्द्रद्धार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाका सचिव राजकुमार पराजुली, सञ्चालक सदस्य डिल्लीकुमार काफ्लेले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी सभाको खुल्ला सत्रमा काँकरभिट्टा खानेपानी संस्थाका कार्यालय प्रमुख दीपक पोखरेल, नाइट चेस क्लबकी सचिव विमला देवकोटा, पूर्वी नेपाल यातायात व्यवसायी संघका अध्यक्ष केशव गिरी, लायन्स क्लब अफ मेची नगरका सचिव नवराज प्रधानलगायतले शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष भूपाल शिवाकोटीले वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक युवराज मैनालीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाको अवसर पारेर संस्थाले ज्येष्ठ नागरिकतर्फ भगतमाया बस्नेत (वर्ष ८२) सहित संस्थामा कार्यरत् ७ जना कर्मचारीहरुलाई दोसल्ला र खादा ओढाएर नगद सहित सम्मान गरेको थियो । संस्थाका अध्यक्ष भूपाल शिवाकोटीको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष हस्त आङ्देम्बे र सञ्चालन सचिव रुद्रप्रसाद पोखरेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्