News Portal

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

रातोपोस्ट संवाददाता
३१६ पटक

काठमाडौँ, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोरोना महामारीका बारेमा सम्बोधन गर्ने पनि थापाले जानकारी दिए । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने पनि जनाइएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण उच्च भइरहेको छ । आइतबार एकैदिन नेपालमा थप ७ हजार १ सय ३७ जनामा संक्रमण पुष्टि भएको थियो भने २७ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्