News Portal

एमसीसी सम्झौता संसद्‍मा पेश गर्न भीम रावलको माग

रातोपोस्ट संवाददाता
७४३ पटक

काठमाडौ, १५ साउन । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसीसँग सम्बन्धित सबै सम्झौता संसद्‍मा पेश गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद रावलले एमसीसीसँग सम्बन्धित सबै सम्झौताका विषयमा संसदले बुझ्न पाउनुपर्ने माग गरे। संसद् अनुमोदन नगर्दै कामकाज थालेको उल्लेख गर्दै रावलले भने, “एमसीसीको मूल सम्झौतासहित सबै सम्झौता संसद्‍मा प्रस्तुत गरियोस।”

एससीसीबारे सबैले थाहा पाउनु पर्ने उनको भनाइ थियो। यो राष्ट्रका हितमा नभएको उनको जिकिर थियो। “एमसीसीका विषयमा जनप्रतिनिधिले गम्भीर भएर सोच्नुपर्छ,” रावलले भने, “अनुदान हो भने निस्वार्थ अनुदान हुनुपर्छ। सामरिक विषयसँग साटिनु हुदैन।” राष्ट्रहित र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्