News Portal

शुक्रबार देशभर ३६११ जनामा कोरोना संक्रमण, २७ जना कोरोना संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
३९७ पटक

काठमाडौं, १५ साउन । नेपालमा थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गएकाे २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा १४ हजार ६६१ जनाको परीक्षणका क्रममा शुक्रबार ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा ९ हजार ७८३ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा,२ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै ४ हजार ८७८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

गएकाे २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ।

प्रतिकृया दिनुहोस्