News Portal

बिर्तामोडको होटलबाट २ सय डोज कोरोना खोप बरामद

रातोपोस्ट संवाददाता
४२४ पटक

झापा, १५ साउन । झापा विर्तामोडको एक होटलमा लुकाइएको २ सय डोज खोप प्रहरीले बरामद गरेको छ । विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्काले शुक्रबार टाइमलेस मुभमेन्ट होटलमा खोप लुकाएको थाह पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले होटलबाट २ सय जनालाई पुग्ने सय भाइल खोप बरामद गरेको प्रहरीले जनाएको छ । फोकल पर्सन खड्कालाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जनाए । कुन उद्देश्यले होटलमा खोप लुकाइएको हो भन्नेबारे अनुसन्धान सुरु भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्