News Portal

टोकियो ओलम्पिक : ६९ पदकसहित चीन शीर्ष स्थानमा

रातोपोस्ट संवाददाता
६४१ पटक

काठमाडौं, २० साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन ६९ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ। चीनले हालसम्म ३१ स्वर्ण, २१ रजत र १६ कास्य पदक प्राप्त गरेको छ। पदक तालिकाको दोस्रोमा अमेरिका तथा तेस्रो स्थानमा जापान रहेका छन्। अमेरिकाले २४ स्वर्ण, २८ रजत र २१ कास्य पदक प्राप्त गरेको छ भने जापानले १९ स्वर्ण, ६ रजत र ११ कास्य प्राप्त गर्न सफल भएको छ।

यस्तै अस्ट्रेलिया १४ स्वर्ण, ४ रजत र १६ कास्य पदक प्राप्त गर्दै चौंथो स्थानमा उक्लेको छ। यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा झरेको छ। उसले १३ स्वर्ण, २१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ। बेलायत १३ स्वर्ण, १७ रजत र १३ कास्यसहित छैटौं स्थानमा रहेको छ भने जर्मनी ८ स्वर्ण, ८ रजत र १४ कास्यका साथ सातौं  स्थानमा उक्लिएको छ।

६ स्वर्ण, १० रजत र ८ कास्य पटक जित्दै फ्रान्स आठौं स्थानमा रहेको रहेको छ। नेदरल्याण्डस् ६ स्वर्ण, ८ रजत र ७ कास्यका साथ पदक तालिकाको नवौं स्थानमा रहेको छ भने दक्षिण कोरिया ६ स्वर्ण, ४ रजत र ९ कास्यका साथ १०औं स्थानमा रहेको छ। टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७९ देशले पदक प्राप्त गर्न सफल भएका छन्

प्रतिकृया दिनुहोस्