News Portal

पार्टी विधानमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्छु : ईश्वर पोखरे

रातोपोस्ट संवाददाता
४६० पटक

काठमाडाैं, ३० साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते काठमाडौं हुँदैछ ।

महासचिव पोखरेलले पार्टीमा नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि आफूले पार्टीको विधान महाधिवेशनमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने बताएका हुन् । शनिबार सुनिता बरालद्वारा लिखित पुस्तक ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टीभित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा/तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पारे ।

पोखरेलले युवा पुस्तालाई पार्टीभित्र समावेशी गराउन विधानमा नै व्यवस्था गर्न युवा, विद्यार्थीहरूलाई दबाब दिन पनि शुरू गर्न निर्देशनसमेत दिए । उनले पार्टीका युवा, विद्यार्थीहरूलाई निद्रा नै नलाग्ने खालको सपना देख्न र उत्पादनको काममा सहभागी भई मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन पनि आग्रह गरे ।

प्रतिकृया दिनुहोस्