News Portal

ट्वान्टी–२० विश्वकप : न्यूजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले हरायो

रातोपोस्ट संवाददाता
५३९ पटक

काठमाडौं, १८ कार्तिक । गएराति भएको ट्वान्टी–२० विश्वक अन्तर्गतको खेलमा न्यूजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ । जितसँगै न्यूजिल्याण्डले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ । उसको जितमा मार्टिन गुप्टिलको ९३ रन बनाएका थिए । उनले बनाएको ९३ रनले अर्को इतिहास रच्यो ।

उनले न्यूजिल्याण्डका लागि बनाएको उक्त रनले उनी अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा ३ हजार रन पूरा गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन् ।पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटमा १ सय ७२ रन बनाएको थियो । त्यसको जवाफमा स्कटल्यान्डले ५ विकेटकै क्षतिमा सम्मानजनक १ सय ५६ मात्रै बनाएको थियो ।

न्युजिल्यान्डले सुपर १२ चरणका तीनखेलबाट २ खेल जितेको हो । समूह – २ बाट पाकिस्तान सेमिफाइनल पुगिसकेको छ । अब अन्तिम चारमा पुग्ने दोस्रो टिमका लागि न्यूजिल्यान्ड, अफगानिस्तान र भारतबीच प्रतिस्पर्धा हुने् भएको छ ।

प्रतिकृया दिनुहोस्