News Portal

इङल्याण्ड र अस्ट्रेलिया टी-२० विश्वकपको सेमिफाइनलमा

रातोपोस्ट संवाददाता
५८८ पटक

काठमाडौँ, २१ कार्तिक । आइसीसी टी-२० विश्वकपमा सुपर १२ को समुह १ बाट इङल्याण्ड र अस्ट्रेलिया सेमिफाइनलमा पुगेका छन् । गएराती दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेपनि रनरेटको आधारमा सेमिफाइनलमा पुग्न असफल भएको हो ।

दक्षिण अफ्रीकाले दिएको १९० रनको लक्ष्य पछाएको इङल्याण्ड २० ओभरमा ८ विकेट गुमाउदै १७९ रन बनाएपछि खेल २० रनले हारेको थियो । समुह १ मा इङल्याण्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाको ५ खेलमा बराबर ८ अंक भएपनि रनरेटको आधारमा इङल्याण्ड २.४६४ रनरेटसहित शिर्ष स्थानमा, अस्ट्रेलिया १.२१६ रनरेटसहित दोस्रो र दक्षिण अफ्रिका ०.७३९ रनरेटसहित तेस्रो स्थानमा रहेका छन् ।

अब सेमिफाइनलमा इङल्याण्डले समुह २ बाट दोस्रो हुने टिमसँग खेल्ने छ भने अस्ट्रेलियाले पहिलो हुने टिमसँग खेल्ने छ । समुह २ मा अन्तिम खेल हुन बाँकी हुदा सेमिफाइनलको दौडमा पाकिस्तान, न्यूजिल्याण्ड, भारत र अफगानिस्तान रहेका छन् । पाकिस्तानले आफ्ना चारै खेल जितेर सेमिफाइनलको यात्रा लगभग तय गरेको छ भने न्यूजील्याण्डको ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । आज हुने न्यूजिल्याण्ड र अफगानस्तानबीचको खेलले सम्ह २ को सेमिफाइनलको समिकरण तय गर्ने छ ।

न्यूजिल्याण्ड विजयी भएमा पाकिस्तान र न्यूजील्याण्ड सेमिफाइनलमा पुग्ने छन् भने भारत र अफगानिस्तान बाहिरिने छन् । त्यस्तै न्यूजिल्याण्ड अफगानिस्तानसँग पराजित भएमा भारत र अफगानिस्तानको बाटो खुल्ने छ । आज न्यूजील्याण्ड र अफगानिस्तान तथा पाकिस्तान र स्कटल्याण्डबीच खेल हुने छ भने सोमबार भारत र नामिबियाबीच सुओर १२ अन्तर्गतको अन्तिम खेल हुने छ ।

प्रतिकृया दिनुहोस्