News Portal

टी-२० विश्वकप : न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्दा भारत विश्वकपबाट बाहिरियो

रातोपोस्ट संवाददाता
४२३ पटक

काठमाडौं, २१ कार्तिक । न्यूजिल्याण्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार (आज) सुपर १२ अन्तर्गत समूह ‘२’ मा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्याण् सेमिफाइनलमा प्रवेश गरेको हो । न्यूजिल्याण्डको पाँच खेलमध्ये यो चौथो जित हो । न्यूजिल्याण्डको जितसँगै समान दुई-दुई खेल जितेको भारत र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब भारतले सुपर १२ को अन्तिम खेल नामिवियाविरुद्ध सोमबार खेल्नेछ । यसअघि लगातार ४ खेल जित्दै पाकिस्तान यसै समूहबाट अन्तिम चारमा प्रवेश गरिसकेको छ । त्यस्तै समूह ‘१’ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलमा न्यूजिल्याण्डले १ सय २५ रनको लक्ष्य १८ दशमलब एक ओभरमा कवेल दुई विकेट गुमाएर पूरा ग-यो ।

न्यूजिल्याण्डको जितमा कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन जोडे, भने डेभोन कोनवेले ३६ रन तथा मार्टिन गुप्टिलले २८ रन बनाए । त्यस्तै अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले समान एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन जोड्यो ।

प्रतिकृया दिनुहोस्