News Portal

एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा रबिन काेइरालाको उम्मेदवारी

रातोपोस्ट संवाददाता
६१२ पटक

झापा, १२ मंसिर । नेकपा (एमाले) नेता रबिन काेइरालाले पार्टीको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा हुने महाधिवेशनमा काेइरालाले खुला केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

नेता काेइराला एमालेका वर्तमान केन्द्रीय सदस्य तथा झापा ईन्चार्ज हुन्। काेइरालाले नेपाली काँग्रेसका वर्तमान प्रबक्ता विश्वप्रकाश शर्मालाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । निर्भिक, स्पष्ट वक्ता र निरन्तर राजनैतिक सक्रियता भएका ब्यक्तिकाे रुपमा उनले पहिचान बनाएका छन । वैचारिक रुपमा स्पष्ट वक्ता भएका हुनाले जनताका विचमा लाेकप्रिय रहेका छन ।

एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन बन्दसत्र आज बिहान १० बजे सुरू हुँदैछ । महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीले पाएका छन्। आजको बन्दसत्रमा पदाधिकारी नाम प्रस्तुत गरिने छ।

एमाले अध्यक्ष केपी ओलीले पार्टी एकतामा विशेष जोड दिँदै केन्द्रीय पदाधिकारी र सदस्ययको संख्या थप्न गर्न राखेकाो प्रस्ताव केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत रूपमा पारित भइसकेको छ । अब केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । एमालेले पोलिटब्यूरो ब्यूताएको छ । ९९ सदस्यीय पोलिटब्यूरो हुनेछ भने ४५ सदस्यीय स्थायी कमिटी यथावत् छ । पदाधिकारी संख्या बढाएर १९ सदस्यीय पुर्याउने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस्