News Portal

विप्लव निकट युवा संगठनकाे प्रदेश १ काे इन्चार्जमा सुवास

रातोपोस्ट संवाददाता
८१४ पटक

झापा, १३ मंसिर । युवा संगठन नेपालकाे प्रदेश १ काे इन्चार्जमा सुवास राई भएका छन । नवलपुरको गैडाकोटमा मंसिर १२ र १३ गते बसेको बैठकले राईलाई प्रदेश नम्बर १ काे इन्चार्जकाे जिम्मेवारी दिएकाे हाे ।

नेकपाको दमक नगर कमिटीको युवा संगठनबाट क्रान्तिकारी राजनितिमा पाइला हालेका राई आफ्नो कर्तब्यबाट बिचलित नभइ निरन्तर रुपमा काम गरेर पार्टीमा युवाको राम्राे पहिचान बनाएका छन ।

सबैसंग मिल्न सक्ने खुबी भएका राईलाई निक्कै आंटिलो स्वभावको युवाको रुपमा बुझ्ने गरिन्छ ।

झापाकाे दमकस्थित बेलडाँगी घर भएका राईले आफ्नो क्षेत्रका अधिकांश युवाहरुलाई एकीकृत जनक्रान्तिमा कुनै भुमिकामा जोड्न सफल भएका छन ।

प्रतिबन्धको समयमा सात महिना झापा जेल बिताएका राई प्रहरीले अदालतको गेटबाटै पुन समाउने तयारी गर्दा गर्दै प्रहरी घेरा तोडेर उम्कन सफल भएका थिए ।

प्रतिकृया दिनुहोस्