रातोपोस्ट संवाददाता
![](https://ratopost.com/wp-content/themes/ratopostv2/images/1px.gif)
काठमाडौं, १६ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ३१५ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ४०३ वटा नमुनाको परीक्षण गर्दा ३१५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ । त्यस्तै, आज २०१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।