News Portal

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई नगद राहत

रातोपोस्ट संवाददाता
२८३ पटक

दाङ, २१ मंसिर । घोराही उपमहानगरपालिकाले उपमहानगरभित्र कोरोना भाइरसका कारण मृत्यु भएका परिवारहरूलाई राहत दिन सुरु गरेको छ।

कोरोनाबाट उपमहानगरमा अधिकांश निम्न परिवारका ब्यक्तिहरूको मृत्यु भएका कारण उनीहरूलाई थोरै राहत भएपनि पुगोस् भनेर दिन सुरु गरेको उपमहानगरका प्रवक्ता भरतमणि अर्यालले बताए। ‘उपमहानगरमा कोरोना भाइरसबाट मृत्यु हुनेमा धेरैजसो निम्न परिवारका ब्यक्तिहरू रहेको तथ्यांकले देखायो,’ उनले भने,‘९ औं नगरसभाबाट पारित गरेर कम्तिमा पनि ५० हजार दिने निर्णय गरिएको छ।

प्रति मृतक परिवारलाई ५० हजार दिन थालिएको छ।’ अहिलेसम्म ५४ मृतकका परिवारलाई राहत प्रदान गरिसकेको उनले जानकारी दिए। उपमहानगरमा कोरोना भाइरसका कारण एक सय जनाले ज्यान गुमाएका छन्। मेयर नरुलाल चौधरीले घोराही उपमहानगरका स्थायी बसोबास गरेका ब्यक्तिहरूको परिवारलाई मात्र दिने मापदण्ड बनाएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्