![](https://ratopost.com/wp-content/themes/ratopostv2/images/1px.gif)
झापा, २१ मंसिर । एभिन्यूज टेलिभिजनका झापा सम्वाददाता तथा साझा अनलाईनखबर डटकमका सम्पादक सन्तोष न्यौपाने पुरस्कृत भएका छन् । आज मंगलबार निर्माण व्यवसायी संघ झापाको १४ औं साधारण सभा तथा अधिवेसन कार्यक्रममा पत्रकार न्यौपाने पुरस्कृत तथा सम्मानित भएका हुन् । पत्रकारिताको माध्यमबाट निमार्ण व्यवसाय क्षेत्रको प्रवद्र्धन , विकास र गतिविधिमा उल्लेखनीय योगदान पु¥याएको भन्दै न्यौपानेलाई सम्मान गरिएको संघले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, विशेष अतिथि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना तथा झापा प्रहरी प्रमुख सानुराम भट्टराई सहित अन्यले पुरस्कृत पत्रकार न्यौपानेलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । पुरस्कृत न्यौपाने डेढ दशक देखि झापालाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका छन् ।
संघका झापा अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष शरद खनालले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव ओम पौडेलले गरेका थिए । कर्यक्रममा अग्रज व्यवसायी छत्रप्रसाद अधिकारी, उपेन्द्रप्रसाद सिंह, धर्म खड्का, रामप्रसाद मैनाली, जेष्ठ सदस्य कृष्ण सिटौला, मरोणापरान्त सम्मान दिपेन्द्र पोखरेल, साहित्य सिर्जना तुलसी भट्टराईलाई सम्मान गरिएको थियो । भोली हुने संघको निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।