News Portal

राजेश हमाल, प्रमोद खरेलसहितका कलाकार काँकरभिट्टामा, यसरी हुदैँछ तयारी

रातोपोस्ट संवाददाता
३०३ पटक

झापा, २४ मंसिर । झापाको काँकरभिट्टामा आज हुन लागिरहेको सप्तरंग–३ यात्राको तयारी यतिबेला तिव्रताका साथ भइरहेको छ । पहिलो र दोस्रो संस्करण सम्पन्न भईसकेको कार्यक्रमको तेस्रो संस्करण आज काँकरभिट्टामा हुन लागेको हो । कार्यक्रममा सहभागी हुन राष्ट्रियस्तरका कलाकार काँकरभिट्टा आइसकेका छन् ।

कार्यक्रममा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्यकलाकार राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीजस्ता कलाकारहरुले प्रस्तुती दिनेछन् । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम आज दिउँसो २ बजे शुरु हुने आयोजक समिति प्रदेश नं. १ का कार्यक्रम संयोजक विकास घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस्