News Portal

एमसिसी सम्झौता बिरुद्ध इलाममा विशाल प्रदर्शन

रातोपोस्ट संवाददाता
८०३ पटक

इलाम, ६ पुस । एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्ने संसदवादि दलहरुको तयारी बिरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी देशभर आन्दोलन गरेकाे छ । यस्तैमा नेपाल कम्युनिस्ट पार्टी इलामले इलाममा विशाल जनप्रदर्शन गर्दै आन्दोलनको माहोल सिर्जना गरेको छ ।

इलामको टुंडिखेलबाट सुरु भएको जनप्रदर्शनको र्याली मुख्य बजारको सडकहरुमा गगनभेदी नारा घन्कांउदै मालापथ मार्ग परिक्रमा गरेर चोक बजारको लाकुरी चौतारामा आएर कोण सभामा परिणत भएको थियो । कोणसभामा नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंह, नेकपा क्रान्तिकारी माओवादिका रुद्र सांम्पाङ्ग, पार्टिका जिल्ला सेक्रेटरी मौसमले बोलेका थिए ।

सुमनसिंहले कोण सभामा बोल्दै राष्ट्रघाती एमसिसि सम्झौता पास गरिए संसदमा प्रतिनिधित्व गरिरहेका सांसदहरुलाई खाल्डो खनेर पुर्ने चेतावनी दिएका थिए । उनले राष्ट्रघाती एमसिसि सम्झौतामा हस्ताक्षर गरे नेपालबाट लखेट्ने बताए ।

जनप्रदर्शनमा एमसिसी खारेज गर । एमसिसी चांहिदैन, देश बेच्न पाइदैन । राष्ट्रघाती दलालहरु होसियार । देशभक्त नेपालीहरु एक होऔं । गो ब्याक एमसिसी जस्ता नाराहरु लगाइएका थिए । कोण सभाको सञ्चालज पार्टिका जिल्ला सदस्य बिमल आचार्यले गरेका थिए । प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टिका नेता पुष्प कोइरालाको पनि उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्