News Portal

माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा मिक्सो विजयी

रातोपोस्ट संवाददाता
४५५ पटक

झापा, ८ पुस । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्बाङ (मिक्सो) विजयी भएका छन्। बुधबार विराटनगरमा सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि मिक्सोले १६९ मत हासिल गरी विजयी भए। उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बो ६४ मतमा सीमित भए।

निर्वाचन समितिका अनुसार अध्यक्षको मतदानमा ७ मत बदर भएको छ। विजयी पाँचथरका नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकिय सचिव हुन्।त्यसैगरी तीनजना उपाध्यक्षमा देवान चामलिङले १२०, शिवकुमार डाँगीले ११३ र मणिकुमार साम्पाङले १११ हासिल गर्दै विजयी भएका छन्।

त्यसैगरी सचिव पदमा मोरङका गणेश उप्रेती (सुशील) ले १४८ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए।
३ जना सहसचिवमा कुमारी राई ११४, ऋषिराम ढुंगाना ९५ र सागर किराँती ७३ ले विजयी भएका छन्। कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरेको समितिले जनाएको छ। ९ जना पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परेको समितिले जनाएको छ। निर्वाचनमा २४० जनाले मतदान गरेका थिए। १९ जनाले आफ्नो मत दिएनन्।

प्रतिकृया दिनुहोस्