News Portal

पत्रकार महासंघ झापाकाे स्थापना दिवसकाे अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
५२१ पटक

झापा, ८ पुस । नेपाल पत्रकार महासंघ झापाले स्थापना दिवसका अवसर पारेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महासंघको ३३ औं स्थापना दिवसका अवसर पारेर शुक्रबार बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । पत्रकार महासंघ झापा शाखाले यस बर्षबाट स्थापना दिवस मनाउन सुरु गरेको छ ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्षहरु, अग्रज पत्रकार, विभिन्न झापाका पत्रकारका संघ-संगठनका अध्यक्ष, प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । महासंघले ३३ औं स्थापना दिवस को ३३ वटै मोमबत्ति बालेर उद्घाटन गरेको थियो । स्वागत महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

कार्यक्रममा अग्रज पत्रकार गोविन्दचन्द क्षेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, कृष्ण हुमागाई, मोहनकाजी न्यौपाने, लीला बराललगायतले झापाको पत्रकारिताको स्थापना र आजको पत्रकारिताका चुनौति, अवसर र महासंघले गर्नुपर्ने कार्यका विषयमा सुझावसमेत दिएका थिए । कार्यक्रममा अग्रज पत्रकार गोपाल गिरी, लक्ष्मण ढकाल, गञ्जबहादुर दाहाललगायत जिल्लाका विभिन्न संघ-संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्