News Portal

माओवादी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालय पढाउन माग

रातोपोस्ट संवाददाता
६६८ पटक

काठमाडौं, १४ पुस ।काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले पार्टीका केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी (सामुदायिक) विद्यालयमा पढाउने व्यवस्था गरिनुपर्ने माग राखेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि गण्डकी प्रदेश समूहबाट गायत्री गुरुङले उक्त माग राखेकी हुन् । उनले भनिन्, ‘पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्छ ।’ साथै, संघीय संरचनाअनुसारको वैज्ञानिक शिक्षा नीति अवलम्बन गर्नुपर्ने उनको माग रहेको छ ।

यसैगरी केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने पनि उनको माग छ । उनका अनुसार नेतृत्वको जीवनशैली सरल र व्यवस्थित बनाउन ध्यान दिनुपर्छ ।

प्रतिकृया दिनुहोस्