News Portal

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचारसंहिता जारी, भोलिदेखि लागू हुने

रातोपोस्ट संवाददाता
५३१ पटक

काठमाडौं, २५ पुस । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ। आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आचारसंहिता जारी गरिएको जानकारी दिएका छन्। स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७२ सोमबारदेखि लागू हुनेछ।

आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले उल्लंघन भएमा कानुनी कारवाही हुने जनाएको छ। आयोगले आचारसंहिताको पूर्ण रुपमा पालना गर्न/गराउन सरोकारवालाहरुलाई निर्देशन पनि गरेको छ।आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारको मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको हकमा आचारसंहिता लागू हुनेछ।

यस्तै, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूका हकमा आचारसंहिता लाग्ने आयोगले जनाएको छ।

प्रतिकृया दिनुहोस्