News Portal

झापामा लाखौँको अवैध औषधी बरामद

रातोपोस्ट संवाददाता
२७० पटक

झापा, २८ फागुन । झापाको बुद्धशान्तिबाट प्रहरीले ७० लाख बराबरको अवैध औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रवार साँझ बुद्धशान्ति–४ बाट अवैध औषधि, पिकअप गाडी र एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

ईलाका प्रहरी कार्यलय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ईलामबाट झापा तर्फ आउदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यूको बोराले छोपेर ल्याइएको औषधि फेला पारेको थियो । प्रहरीले औषधि लिएर आउने गाडी चालक ईलाम सुर्योदय –३ का ३० वर्षीय सईन्द्र राई समेतलाई नियन्त्रणमा लिई इप्रका धुलाबारी झापामा ल्याई राखी अनुसन्धान गर्दा औषधीको मुल्य ६९ लाख ७७ हजार ९ सय ४४ रुपैयाँ रहेको खुलेको छ ।

पिकअप गाडीको अंन्दाजी मुल्य ८ लाख गरी जम्मा ७७ लाख ७७ हजार ९ सय ४४ रुपैयाँ मुल्य खुल्न आएकोले थप अनुसन्धानको लागि औषधी ब्यवस्था बिभाग शाखा कार्यालय कंन्चनबारी बिराटनगर मोरङ पठाउने तयारी भइरहेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्