News Portal

खुल्ला म्याराथोन प्रतियोगिताको उपाधि भण्डारीलाई

रातोपोस्ट संवाददाता
५०४ पटक

मेचीनगर, २८ फागुन । खुल्ला म्याराथोन प्रतियोगिताको उपाधि झापा केर्खा बजारका मदन भण्डारीले जितेका छन् । विचार चौतारी युवा क्लब तथा डाइनामिक युथ क्लब मेचीनगर-१२ को संयुक्त आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा भण्डारीले निर्धारित चार किलोमिटरको दूरी ११ मिनेट ४० सेकेन्डमा पार गरेका थिए ।

त्यस्तै, प्रतियोगितामा दोस्रो अर्जुनधाराका ववी चौधरी र तेश्रो मेचीनगरका सुस्म राजवंशी भएका छन् । उनीहरुले क्रमशः ११ मिनेट ४२ सेकेन्ड र ११ मिनेट ४३ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले पाँच हजार, द्वितीय हुनेले तीन हजार र तृतीय हुनेले दुई हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त अवसरमा राष्ट्रिय खेलाडीहरुलाई सम्मानसमेत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा कालु मेचे, सन्तोष बस्नेत, मनबहादुर धिमाल, बद्रि विष्ट र विशाल दर्जी रहेका छन् ।

विचार चौतारी युवा क्लबका अध्यक्ष उत्सव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष नरेन्द्र धिमाल रहेका थिए । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि धिमाल, चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा विरु, सम्मानित व्यक्तित्व कालु मेचे लगायतले आ-आफना धारणा राखेका थिए ।

डाइनामिक युथ क्लबका अध्यक्ष दुशान्त कोइरालको संयोजकत्वमा भएको कार्यक्रममा विचार चौतारी युवा क्लबका संस्थापक अध्यक्ष नेत्रप्रसाद मिश्र, युनिक इङलिस बोडिङ स्कुलका संस्थापक विष्णुप्रसाद रिमाल, समाजसेवी तथा युवा व्यवसायी रोहित चम्लागाईं, त्रिदेव बहुमुखी क्याम्पस चारआलीका व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद घिमिरे लगायतको आतिथ्यता रहेको थियो । विचार चौतारी युवा क्लबका निवर्तमान महासचिव उमेश खतिवडाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष हरिकृष्ण भण्डारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्