News Portal

सरसफाइमा जुटे नेपाल–भारतका सुरक्षाकर्मी

रातोपोस्ट संवाददाता
३७६ पटक

झापा, २८ फागुन । मुलुकको पूर्वी सीमानामा शनिवार नेपाल–भारतका सुरक्षाकर्मी सरसफाई अभियानमा जुटे । यी सुरक्षाकर्मीले मेचीपुल र आसपास क्षेत्रको फोहोर मात्रै टिपेनन्, आपसी सद्भाव र भ्रातृत्व पनि साटासाट गरे । आज सीमा नाका काँकरभिट्टा र भारतको पानी टेंकी क्षेत्रका ५० वढी सुरक्षाकर्मीहरु जुटेर फोहोर व्यवस्थापन संगै भ्रातृत्वको सन्देश एकापासमा बांडफांड गरे ।

यो अभियानलाई रोटरी क्लव, लायन्स क्लव, होटल व्यवसायी संघ र झापा ट्राभल एजेन्ट संघ लगायतले होष्टेमा हैसे थपे । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले नेपाल–भारत सीमा क्षेत्रमा फालिएको फोहोरको दुर्गन्धबाट नेपाल र भारतीय नागरिक समेत प्रभावित भएपछि सरसफाई अभियानलाई तिव्रता दिइएको उनले बताए । ‘यो नेपाल र भारतवीचको सम्वन्धलाई सुमधुर पार्ने सांकेतिक अभियान पनि हो’, डिएसपी दाहालले भने,‘दुवै देशका सुरक्षाकर्मीप्रति नागरिकहरुको गलत दृष्टिकोणलाई परिवर्तन गर्ने उद्देश्य पनि हो ।’

कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दाहाल, सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) का इन्ष्पेक्टर प्रेम राई, रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष राेहितकुमार बुढाथाेकी, लायन्स क्लब अफ मेचीनगरका अध्यक्ष सन्तोष आचार्य, लायन्स क्लव अफ मेचीनगरका सचिव नवराज प्रधान, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, झापा ट्राभल्स संघका अध्यक्ष निरबहादुर कार्की (नेत्र), होटल व्यवसायी संघका राम तामाङ लगायतको सहभागिता रहेको थियाे ।

नेपाल प्रहरीको पहलमा थालेको सरसफाई अभियानले सीमा क्षेत्रमा सरसफाई अभियान संचालन गर्नु सकारात्मक भएको भन्दै झापा ट्राभल्स संघका अध्यक्ष निरबहादुर कार्कीले प्रसंशा समेत गरेका छन् । १० गजा क्षेत्रमा फोहोर फाल्न नपाउने कानुनी प्रावधान भए फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको स्थानीय सरकारले यसमा खासै ध्यान नदिएको स्थानीय गुनासो रहेको छ ।

प्रतिकृया दिनुहोस्