News Portal

नेकपा (एकीकृत समाजवादी) को शिबसताक्षी वडा कमिटी गठन, अध्यक्षमा शेर्मा चयन

रातोपोस्ट संवाददाता
३२० पटक

झापा, २९ फागुन । नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी–८ को शनिबार वडा भेलाले मोहनकुमार शेर्माको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको छ । उक्त कमिटीको उपाध्यक्षहरुमा मुकेश चेम्जोङ, दिपिन राई, कृष्ण खवास चयन भएका छन । त्यस्तैं, कमिटीको सचिबमा रोशन बस्नेत, सहसचिबमा गोबिन्द राई फुलमान तामाङ चयन भएका छन ।

शिबसताक्षी नगर कमिटी अध्यक्ष तथा नगर प्रवत्ता नबिन इजमको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी पार्टीका प्रदेश कमिटी सदस्य तथा बरिष्ठ अधिबक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओलीको बाप्रबृद्धि, एकात्मक सासन, एकलौटी पार्टी संचालन गर्न लागेपछि पार्टी बचाउन बिद्रोह गर्नु परेको बताए ।

त्यसैगरि, सबैको चासोको बिषय एमसीसी ब्यख्यतामक टिपणी सहितपारित भएकोले कोही पनि भ्रममा नपर्न उनको आग्रह छ । नेता कार्कीले आउदै गरेको स्थानीय तहको निर्बाचनमा आफ्ना उमेद्धारहरुलाई बिजयी गराउन सबै एक ढिक्का भएर लाग्न समेत आग्रह गरेका छन ।

शिबसताक्षी- ८ स्थित डुडामारी चौकमा आयोजीत भेलामा पाटीका ७ नम्बर वडा अध्यक्ष पु्र्ण लवती, ११ नम्बर वडा कमिटी अध्यक्ष शक्ति चामलीङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । नगर कमिटी सहसचिब खेम मैनालीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन नगर नगर सचिब शान्तिराम न्यौपानेले गरेका थिए । शिबसताक्षी नगरमा यस अघि २, ५, ७, ११ को वडाहरुमा कमिटी गठन भै सकेको छ ।

प्रतिकृया दिनुहोस्