News Portal

अलैंची व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा भट्टराई चयन

रातोपोस्ट संवाददाता
२७७ पटक

झापा, २९ फागुन । नेपाल अलैंची व्यवसायी महासंघको चौथो केन्द्रीय अधिवेशनबाट निर्मल भट्टराई सर्वसम्मत चयन भएका छन् । झापाकाे बिर्तामोडमा शनिवार भएको अधिवेशनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा इन्द्रचन्द्र अग्रवाल, उपाध्यक्षमा मातृका घिमिरे, सुवास भट्टराई, पार्वता विमली खरेल, महासचिवमा नारायण प्रसाद चिमरिया, सचिवमा मोहन कुमार मित्तल, सुष्मा भण्डारी पौडेल र कोषाध्यषमा सुजित वंशल सर्वसम्मत भएका छन् ।

चौथो केन्द्रीय अधिवेशनबाट महिला सदस्यमा यशोदा प्रसाई, राधादेवि बोहरा, माया गुरुङ, कुशुम दाहाल र खुल्ला सदस्यहरुमा गणेश पौडेल, विरोध सुवेदी, राजकुमार घिमिरे, जयगोपाल शाह, संजिव घिमिरे, मोहनकुमार उप्रेती, अमृत बहादुर सुवेदी, रामकृष्ण अधिकारी, शत्रुधन चौधरी र रामकृष्ण विष्ट चयन भएका छन । त्यसैगरि अधिवेशनबाट अन्य सदस्यहरुमा बालमणि बराल, छेडेन वाङ् जो शेर्पा, इन्द्र बहादुर तामाङ, प्रकाश नेपाल, होम निरौला, जीत बहादुर बस्नेत, प्रज्वल विमली, टंक कडेंल, प्रेम कुमार राई, किशोर कार्की, निमिषा घिमिरे र मुकेश अग्रवाल रहेका छन् ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकाल, अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरे, केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । महासंघका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष इन्द्रचन्द्र विन्दले स्वागत एवम् महासचिव सुवास भट्टराईले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्