News Portal

झापा गोल्ड कपको फाइनलमा अब्दुल्लाह सहभागि हुने

रातोपोस्ट संवाददाता
४०८ पटक

झापा, २९ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी गोल्डकपको फाइनलमा सहभागि हुने भएका छन । सोमबार हुने झापा गोल्डकपको फाइनल हेर्न उनी झापा जाने भएका हुन् ।

यसबारे उनले सामाजिक संजाल फेशबुकमा भनेका छन्, ‘झापा गोल्डकपको फाइनलमा सहभागी हुन भोलि झापा जाँदैछु । झापमा भेटौला।’ झापा गोल्डकपको फाइनल भोलि सोमबार हुँदै छ । उक्त खेल बिर्तामोडस्थित डोमालाल रंगशालामा हुने छ । पछिल्लो समय नेपाली फुटबल र फुटबल प्रेमी माझ अल्मुताइरी लोकप्रिय छन् ।

उनको मुख्य कोचिङमा नेपालले लामो समयपछि केही महिनाअघि सार्कमा सेमिफाइनल खेलेको थियो । उनले ए डिभिजन लिगमा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा राष्ट्रिय टिममा छनौट गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्