News Portal

काँकरभिट्टामा निःशुल्क स्वास्थ्य परीक्षण

रातोपोस्ट संवाददाता
३०२ पटक

झापा, १ चेत । झापाकाे मेचीनगर स्थित काँकरभिट्टामा साेमबारदेखि निशुल्क स्वास्थ्य शिबिर सञ्चालन भएकाे छ । मेचीनगर ६ स्थित काँकरभिट्टा स्वास्थ्य शिबिर साेमबार एक समारोहका बिच उदघाटन गरिएको हाे ।

केएचडिसी कार्यक्रमका प्रमुख तथा बरिष्ठ चिकित्सक प्रा. डा संजीव शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मेचीनगरका प्रमुख विमल आचार्य, मेची अभियानका संयोजक विजय डालमिया, रोटरी क्लब अफ काकरभिट्टाका अध्यक्ष रोहित बुढाथोकी लगायतले स्थानीयस्तरमा नै बिरामीहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा पाउनु महत्वपुर्ण कार्य भन्दै केएजडिसी कार्यक्रमलाई धन्यबाद दिएका थिए ।

मेची अभियानको संयोजन र स्थानीय संघ संस्थाको सहकार्यमा झापाको मेचीनगरका स्थानीय जनताका लागि मृगौला, मुटु, मधुमेह र उच्च रक्तचाप सम्बन्धी निशुल्क स्वास्थ्य सेवा कार्यक्रम केएचडिसीको सेवा सोमबारदेखि १ महिनासम्म सञ्चाला हुने भएकाे छ ।

प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीहरुको परीक्षण गर्ने र त्यसको रिपोर्ट धरानस्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा. शर्माले हेर्ने मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङले बताए । स्वास्थ्य शिबिरमा साेमबार ५१ जना निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए भने आज १ सय जनाले स्वास्थ्य परिक्षण गरेकाे वडा अध्यक्ष तामाङले जानकारी दिए ।

मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडाले गरेका थिए । सो अवसरमा शर्माले आम नागरिकलाई समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई स्वास्थ रहनका लागि आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्