News Portal

विप्लवका नगर इन्चार्ज झापाली सहित सात जना वैज्ञानिक पार्टी प्रवेश

रातोपोस्ट संवाददाता
१४४४ पटक

झापा, १ चैत । नेपाल कम्युनिष्ट पार्टी विप्लवका कनकाई नगर इन्चार्ज तथा झापा जिल्ला सदस्य युद्ध झापाली सहित ७ जना जिल्ला स्तरीय नेताले आजबाट विप्लव पार्टी परित्याग गरि आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका छन ।

आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै कनकाई नगर इन्चार्ज झापाली सहित पार्टीकी कनकाई नगर कमिटि सदस्य तथा पार्टीकी झापा जिल्ला महिला संगठन कोषाध्यक्ष लीला ओली (भट्टराई), पार्टीकी कनकाई नगर सदस्य गोमा वराइली, अखिल नेपाल किसान महासंघका माेरङ जिल्ला संयोजक तथा पार्टीका माेरङ जिल्ला सदस्य गणेशप्रसाद ढुङ्गेल, पार्टीका उर्लावारी नगर कमिटी सदस्य विष्णु श्रेष्ठ, पार्टीका उर्लावारी नगर सदस्य रन्जना तामाङ र पार्टीका जिल्ला युवा संगठनका सदस्य अजय शाहले विप्लव नेतृत्वको नेकपा परित्याग गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन ।

विशेषत पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओलीको सरकारसग तीन बुदे सम्झौता गरेर पार्टीलाई र सिंगो क्रान्तिलाई धोका दिएको भन्दै लामो समय पर्खदा समेत नेतृत्व नसुध्रिएको कारण आफुहरु पार्टीमा बसिरहन नसकेको कनकाई नगर इन्चार्ज झापालीले बताए । आफुले पार्टी र क्रान्तिका लागि पटक- पटक जेल बस्नुपरेको भन्दै नेताहरु सत्तासँग सौदाबाजी गर्दै तीन वुदे सहमति गरेको झापालीको आरोप थियो ।

पार्टीका नवप्रवेशीलाई सुरुङ्गामा आयोजित कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा प्रदेश १ का संयोजक आशिस लिम्बु,पार्टीका केन्द्रीय सदस्य तथा किसान संगठनका केन्द्रिय संयोजक टिका पोखरेल लगायातले स्वागत गरेका थिए । वैज्ञानिक पार्टीले एक व्यक्ति एक पद र एक मौका लगायातका वैज्ञानिक पार्टी पद्धतिको विकास गरेको तथा स्थानीय निर्वाचन वहिस्कारको कार्यक्रम लिएर जनताको घरदैलोमा जाने समेत संयोजक लिम्बुले बताए । पत्रकार सम्मेलन कार्यक्रममा झापा जिल्ला संयाेजक राजु दास, प्रेम बिकलगायत नेताहरुकाे उपस्थित रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्