News Portal

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मेचीनगरकाे अध्यक्षमा प्रधान

रातोपोस्ट संवाददाता
५८९ पटक

झापा, २ चैत । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) सम्वद्व महिला संगठन मेचिनगरकाे अध्यक्षमा नेमिसा प्रधान चयन भएकी छिन । बुधबार दाेस्राे नगर अधिवेशनबाट महिला संगठनकाे अध्यक्षमा प्रधान चयन भएकी हुन । झापाकाे मेचीनगरस्थित मेची उधाेग वाणिज्य संघमा सम्पन्न नगर अधिवेशनले २१ सदस्यीय महिला संगठन मेचिनगर समिति गठन गरेकाे हाे । आजै गाेबिन्द बुढाथाेकिकाे अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक युवक संघ मेचीनगर गठन भएकाे छ ।

प्रमुख अथिति पार्टीका केन्द्रिय सदस्य तथा प्रवक्ता भक्तिप्रसाद सिटाैला, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापा अध्यक्ष राजकुमार राई, प्रदेश सदस्य रमेश दाहाल, पार्टीका क्षेत्र नं १ का अध्यक्ष अशोक सुब्बा, पूर्व केन्द्रीय सदस्य माया गुरुङ, जिल्ला सदस्य शारदा पराजुली, महिला संगठनका नगर अध्यक्ष सुनिता शर्मा, राजन प्रसाईं, हरि पौडेल, अस्मिता खरेल, उत्पीडित संगठनका जिल्ला अध्यक्ष गोपाल गजमेर, मारवाडी युवक संगठनका केन्द्रीय सदस्य ललित अग्रवाल, होम प्रसाईं लगायतको आतिथ्यता रहेको थियो ।

नगर अधिवेशनकाे अध्यक्षता मेचीनगर पार्टिकी अध्यक्ष सबिना बजंगाइले गरेकी थिइन् । पार्टीका नगर उपाध्यक्ष घनश्याम लामिछानेले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन नगरका सचिव विशालकृष्ण बाँस्तोलाले गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना भन्दाबढि नेता तथा कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्