News Portal

चौतारीको उपचार कोषलाई काफ्लेको दश हजार सहयोग

रातोपोस्ट संवाददाता
२७२ पटक

झापा, २ चैत्र । प्रेस चौतारी झापाले पत्रकारका लागि झापामा स्थापित पहिलो उपचार सहयोग कोषलाई बढाउने भएको छ । प्रेस चौतारी झापाका पूर्व अध्यक्ष एवम् नेकपा एमाले प्रचार विभागका प्रमुख गोपाल काफ्लेले कोषमा दश हजार एक सय रुपैयाँ सहयोग दिएर यसको सुरुवात गरेका छन् ।

साझामञ्च डटकमका सम्पादक समेत रहेका काफ्लेले आज आफ्नो जन्मदिनको अवसर पारेर पत्रकार उपचार सहयोग कोषलाई सहयोग गरेका हुन् । उपचार कोषका संयोजक सन्तोष आचार्यलाई सहयोग वापतको चेक आजै हस्तान्तरण गरिएको छ ।

एक वर्षभित्र कोषलाई बढाएर कम्तीमा १० लाख रुपैयाँ पुर्याउने लक्ष्य लिइएको कोषका संयोजक आचार्यले बताएका छन् । चेक हस्तान्तरण कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष प्रदीप परियार, प्रदेश कमिटी सदस्य रमेश तिवारी, सचिव प्रकाश पौडेल, सहसचिव तिलक योञ्जन लगायतको उपस्थिति थियो । नेपाल पत्रकार महासंघ झापा र नारी सञ्चार गृह झापाले समेत यस्तै कोष सञ्चारलन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्