News Portal

गैंडाको आक्रमणबाट बच्न पोखरीमा हामफाल्दा सेनाको मृत्यु

रातोपोस्ट संवाददाता
२८६ पटक

चितवन ३ चैत । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो ।

निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा हिजो साँझ उनी दलदलमा हाम फालेका थिए ।

प्रतिकृया दिनुहोस्