News Portal

कनकाई उद्योग वाणिज्य संघको अध्यक्षमा बिमली

रातोपोस्ट संवाददाता
५३५ पटक

झापा, ३ चैत्र । कनकाई उद्योग वाणिज्य संघको तेस्रो कार्यकालका लागि अध्यक्षमा युवा उद्यमी तुलसी बिमली सर्वसम्मत हुनुभएको छ । बिमली यस अघि उद्योग वाणिज्य संघको महासचिव रहनुभएको थियो ।

बिमली नेपाली कांग्रेसका कनकाई ३ का वडाअध्यक्ष तथा सुनचादी व्यावसायी रहनुभएको छ । आजै भएको निर्वाचन प्रक्रियामा तुलसी बिमली सहितको सिंगो टिम सर्वसम्मत भएको निर्वाचन आयुक्त प्रेमप्रसाद चुडालले बताउँनुभयो । जसमा वरिष्ठ उपाध्यक्षमा जनक कार्की वाणिज्य उपाध्यक्षमा जविन तिम्सिना, उद्योग उपाध्यक्षमा डिल्लीराम पाठक, महासचिवमा सरोज सिटौला वाणिज्य सचिवमा अनिता मैनाली,उद्योग सचिवमा टिकाराम बराल र कोषाध्यक्षमा गोमादेवि कार्की रहनुभएको छ । कार्की यसअघि लामो समय उद्योग वाणिज्य संघको कार्यालय प्रमुख समेत रहनुभएको थियो ।

यसैगरि सदस्यहरुमा भविन्द्र भण्डारी –झापा गाउँपालिका) उत्सव वास्तोला, हरिकुमार कार्की, कमल श्रेष्ठ,विन्दुराज दाहाल,तारानाथ प्रसाई, टंकप्रसाद भट्टराई, चन्द्रा वुडाथोकी, रुना श्रेष्ठ र भन्द्रकला भेटवाल रहनुभएको निर्वाचन आयुक्त चुडालले बताउँनुभयो ।

प्रतिकृया दिनुहोस्