News Portal

देशको दोश्रो ठूलो विद्युत् सबस्टेशनको उद्घाटन

रातोपोस्ट संवाददाता
२२१ पटक

रामेछाप, ५ चैत्र । रामेछापको मन्थलीमा निर्माण भएको देशको दोश्रो ठूलो विद्युत् सबस्टेशनको उद्घाटन भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका–१३ को साँखेमा रहेको नयाँ खिम्ती सबस्टेशनको उद्घाटन गरेका हुन् ।

धनुषाको ढल्केवरस्थित सबस्टेशनपछिको ठूलो यो सबस्टेशन २२०/१३२ केभी क्षमताको हो । नयाँ खिम्ती सबस्टेशन देशको ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो । यो सबस्टेशनबाट करिब एक हजार २००मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ । २०७५ सालदेखि निर्माण सुरु भएको यो सबस्टेशनको निर्माण गत असारमा सम्पन्न भएको थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपस्थित थिए ।

प्रतिकृया दिनुहोस्