News Portal

ओलीको टिप्पणी– ‘नेपाली काँग्रेसलाई १३ सिटमा झार्नुपर्छ’

रातोपोस्ट संवाददाता
२९३ पटक

काठमाडौँ, ५ चैत्र । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपाली काँग्रेसलाई आगामी चुनावमा १३ सिटमा झार्नुपर्ने टिप्पणी गरेका छन् । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आज गरेको कार्यक्रममा अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सीमित भएको काँग्रेसलाई अब १३ सिटमा झार्नुपर्ने बताएका हुन् ।

उनले यसका लागि तयारीमा जुट्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष ओलीले युवाहरू पनि काँग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेको अब एमालेलाई भोट दिने विश्वास गरेका छन् । उनले आफ्नो पार्टी नेतृत्वको सरकारले कर्मचारीको तलब २५ प्रतिशत बढाएको भन्दै अरु पार्टी सरकारमा गए तलबभत्ता नबढ्ने बताए । अध्यक्ष ओलीले एमाले देशको पहिलो पार्टी भएको पनि बताए ।

संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महौल पनि एमालेकै पक्षमा रहेको उनको दाबी छ । अध्यक्ष ओलीले देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहित अन्य पार्टीको भाँडो रित्तिसकेकोसमेत टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस्