News Portal

प्रचण्डले भने– ‘ओलीलाई मैले नायक बनाउन खोजेको थिएँ’

रातोपोस्ट संवाददाता
२९२ पटक

सिन्धुली, ५ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीलाई आफूले नायक बनाउन खोजे पनि खलनायक बनेको टिप्पणी गरेका छन् ।

शनिबार सिन्धुलीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले ओली प्रधानमन्त्री भएका बेला नायक बनाउन धेरै प्रयत्न गरे पनि आफ्नो कुरा नमानेर खलनायक बनेको बताएका हुन् ।

ओली खलनायक बनेर संविधान उल्ट्याउने काम गरेको पनि उनको भनाइ छ । अध्यक्ष दाहालले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको कुरा माओवादीलाई मन परे पनि अरु दललाई त्यतिको मन नपरेकोसमेत टिप्पणी गरेका छन् । अध्यक्ष दाहालले
समायोजनलगायत कर्मचारीका समस्याहरू समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस्