News Portal

समाजसेवी थापाद्धारा झापा सुपर लिग क्रिकेटका लागि १ लाख,११ हजार नगद सहयोग घोषणा

रातोपोस्ट संवाददाता
६७० पटक

झापा, ८ चैत । झापाकाे मेचीनगर – ६ काँकरभिट्टा निवासी युवा समाजसेवी, खेलकुदप्रेमी, भूतपूर्व खेलाडी तथा एमालेका युवा नेता बालकृष्ण थापाले “झापा जिल्ला सुपर लिग २०७९“ क्रिकेट प्रतियोगिताका लागि १ लाख ११ हजार नगद सहयोगको घोषणा गरेका छन्।

लर्ड वुद्ध क्रिकेट एकाडेमी मेचीनगरको आयोजनामा आगामी वैशाख १ गतेदेखि आयोजना हुने सुपर लिग क्रिकेट प्रतियोगिताको उपविजेता टीमको पुरस्कार प्रदान गर्ने थापाले मंगलवार घोषणा गरेको एकाडेमीका अध्यक्ष हिमाल विकेले जानकारी दिए ।

‘नगर भित्र पर्ने हरेक किसिमका समस्याका सहयात्री थापाको सहयोग घोषणाले हामीलाई थप हौसला मिलेको छ’, अध्यक्ष विकेले फेसवुकमा स्टाटस लेखेर उल्लेख गरेका छन्। थापाले यस अघि लकडाउनका बेला भोकभोकै रहेका सयौ नगरवासीलाई १० लाख बराबरको चामल, दाल, तेल लगायतका सामग्री प्रदान गरेका थिए । हालै भानु टोलमा भएको आगलागी घटनाका पीडितलाई घटनास्थल पुगेर तत्काल नगद १०/१० हजार सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्