रातोपोस्ट संवाददाता
झापा, ९ चैत । झापा मेचीनगर –६ काँकडभिट्टा स्थित भानुटाेल निवासी ६९ वर्षीया लीलामाया कार्की ११ दिनदेखि सम्पर्कविहीन भएकी छन् ।
फागुन २९ गते जेठी छाेरी देवी मैनालीको घर मेचीनगर- ७ आयांबारी जान्छु भनेर घरबाट निस्किएकी लीलामाया सम्पर्कविहीन रहेको छाेरा प्रेम कार्कीले बताए । छोरी यशोदाका अनुसार बेपत्ता आमाको खोजीका लागि प्रहरीमा समेत निवेदन दिएकाे उनले बताइन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालले लीलामायाले कुन- कुन व्यत्तिसँग सम्पर्क भएकाे छ भनि कल डिटेल निकाली अनुसन्धान गरिरहेका छाैं । अब केही दिनभित्र वास्तविकता पत्ता लाग्ने डिएसपी दाहालले बताए ।