News Portal

काँकडभिट्टामा युवा क्लबद्वारा लोपोन्मुख अल्पसंख्यक तथा युवालाई प्रशिक्षण कार्यक्रम

रातोपोस्ट संवाददाता
७८९ पटक

झापा, ८ चैत । झापाको मेचीनगर- ६ स्थित काँकडभिट्टामा एकता युवा क्लबद्वारा एक दिने लोपोन्मुख अल्पसंख्यक तथा युवालाई क्षमता अभिबृद्वि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । मेचीनगर-६ स्थित काँकडभिट्टा खानेपानीको सभाहलमा युवा क्लबले एक दिने लोपोन्मुख अल्पसंख्यक तथा क्षमता अभिबृद्वि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हाे ।

कार्यक्रममा सांसद गोपालचन्द्र बुढाथोकीकाे प्रमुख अतिथित्याता रहेकाे थियाे । प्रदेश सांसद श्रीप्रसाद मैनाली, इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुनिलसिह दाहाल, एकता युवा क्लका पुर्व अध्यक्ष अर्जुन राजवंशी, बन्धन मुन्डा, वितिता उराँव, सन्तोस मेचे, दशरथ खडरियाको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन एकता युवा क्लबकी सचिव मन्जु चिमरियाले गरेको थिइन् भने क्लबका अध्यक्ष सन्तोष धमलाले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य आसिश पौडेलले गरेका थिए । कार्यक्रममा मेची नगरपालिका भरिबाट १ सय २० जना तालिममा सहभागी रहने आयोजकका सदस्यले बताएका छन । तालिममा सन्तोष आचार्यले सहजीकरण गर्नु हुने कार्यक्रम रहेकाे संयोजक धमलाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्